तनहूँ । तनहूँको दमौली बजार नजिक सिगुंसले टोकर १ व्यक्तिको मृत्यु भएको छ । पृथ्वीराजमार्गको व्यास नगरपालिका–१ तालघरे घुम्तिको सिमलको रुखमा रहेको सिंगुसले टोक्दा व्यास ११ निवासी ६७ बर्षीय गंगाप्रसाद सुवेदीको मृत्यु भएको हो ।
बिहान करिब ९ः५० बजेको समयमा भएको उक्त द्धटनामा बाटोमा हिड्ने बटुवा तथा मोटरसाईकल तथा स्कुटरमा हिड्ने मानिसहरु पनि घाईते हुनुभएको छ ।
”म त विद्यालय जान लागेको थिए एक्कासी मोटरसाईकल चलाईरहेबको बेलामा टोक्न थाले बडो मुस्किलले भागे सुवेदीलाई भाग्न आग्रह गर्दा भाग्न नसकेको कारण सयौ सिगुंसले टोकेको” अस्पतालमा उपचाररत व्यास १० सेवरको सर्वज्योति मा. वि. का शिक्षक सागर थापाको भनाई रहेको छ ।
”सिमलको रुखमा रहेको सिगुंसको गोलामा कागले आएर ठुगें पश्चात सिगुंसले मानिसलाई आक्रमण गरेको हुनसक्ने ” स्थानियको भनाई रहेको छ । यसभन्दा अगाडि पनि उक्त सिमलको रुखमा भएका सिगुंसहरुले स्थानिय तथा बटुवाहरुलाई दुःख दिदै आएका छन् ।
” सिमलको रुखमा सिगुंस रहिन्जेलसम्म यस्ता दुर्घटना जुनसुकै बेला पनि हुनसक्ने ” स्थानिय मानिसको भनाई रहेको छ ।
सिंगुसको टोकाईबाट बाटोमा हिड्ने दर्जनौ मानिसहरु घाईते भएको र उहाँहरुको दमौली अस्पतालमा उपचार भईरहेको छ ।








