भारतमा फेरि बढ्यो कोरोना, एकै दिन थपिए २ हजार बढी संक्रमित

  • ख-
  • ख+

काठमाडौं । भारतमा कोरोना संक्रमण फेरि बढेको छ । भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार बिहीबारमात्र भारतमा २ हजार १४१ जना नयाँ संक्रमित थपिएका छन् ।
यससँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या २५ हजार ५४० पुगेको छ । विगत १५ दिनभित्र भारतको महाराष्ट्रमा मात्र १८ जनामा ओमिक्रोनको सब भ्यारियन्ट एक्सएक्सबी संक्रमण भएको छ । महाराष्ट्र स्वास्थ्य विभागका अनुसार नोभेम्बरको बीचमा एक्सएक्सबी संक्रमण उच्च विन्दुमा पुग्ने सम्भावना छ ।

यसैबीच विश्व स्वास्थ्य संगठनले बुधबारमात्र कोरोना भाइरस संक्रमण हालसम्म पनि विश्व स्वास्थ्य संकटको रुपमा कायमै रहेको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपतकालीन समितिको बैठकपछि विश्व स्वास्थ्य संगठनले उक्त घोषणा गरेको हो । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?