मामाघर जान हिडेका युवकको भीरबाट लडेर मृत्यु

  • ख-
  • ख+

रोल्पा । रोल्पामा मंगलबार भीरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

मंगलबार बेलुका साढे ६ बजे गंगादेव गाउँपालिका–५ झाँक्रीसल्ला भन्ने ठाउँमा भीरबाट लडेर वडा नंं ७ आराखोलाका २२ वर्षका अम्मर विकको मृत्यु भएको हो ।
उनी भीरबाट लडेको देख्ने स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए । घरबाट मामाघर हिँडेका विक बाटोमा भीरबाट १५० मिटर तल खसेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?