तनहूँ । नेकपा एमालेका नेता एवम् तनहुँ निर्वाचन क्षेत्र नं. २ प्रदेश १ का उम्मेदवार श्यामराजा महतले विहिवार शुक्लागण्डकी–११ का विभिन्न क्षेत्रबाट मतदाता भेटघाट शुरु गर्नुभएको छ । उहाँले वडाको जरेवर, नाम्सीकोट, पाल्पालीछाप, अलैचे, दशगाहा लगायतका क्षेत्रमा पुगि आफ्ना योजना मतदातालाई सुनाउनुभयो । विभिन्न स्थानमा भएको भेटभाट र अन्तरक्रियामा उम्मेदवार महतले आफु विकास र सपना मात्र नभई योजना लिएर आएको प्रष्ट पार्नुभयो। उहाँले निर्वाचित भएर गएपछि पाँच वर्ष जनताको घरदैलोमा छाइरहने बताउनुभयो ।
भेटघाटका क्रममा जिल्ला कमिटी सदस्य गोविन्द महत, नगर कमिटी सदस्य रमेश महत, मणिरत्न सिग्देल शुक्लागण्डकी– ५ का वडा कमिटी अध्यक्ष प्रकाश तिमील्सीना, वडा नं. ११ का उपाध्यक्ष निलकण्ठ अर्याल, लगायतको सहभागिता रहेको थियो ।
अभियान अन्तरगत शुक्रवार वडा नं. १ को थप्रेक, वडा नं. २ को दगाम र वडा नं. ७ का विभिन्न क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरिने महतको सचिवालयले जनाएको छ ।








