नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गर्ने युवक पक्राउ

  • ख-
  • ख+

काठमाडौं । नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीको साइबर ब्‍यूरोले एक युवकलाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा समिरा शर्मा (बेबी) नामको फेक आइडी बनाएर पीडितको तस्वीरसँगै अपरिचित महिलाहरुको अश्लील तस्वीर, भिडियो पोस्ट गर्नुका साथै धम्कीपूर्ण म्यासेज पठाएर मानसिक यातना दिने सप्तरीसुरूङगा नगरपालिका वडा नं. १ बस्ने १९ वर्षीय सुमित कुमार थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्‍याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थापालाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही हुनेछ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?