तनहूँ । प्रतिनिधि सभा सदस्यका लागि तनहूँ १ मा राप्रपाका उमेदवार बिनोद घर्ति घरदैलौमा सक्रिय हुनुभएको छ । व्यास नगरपालिकाका विभिन्न वडाहरुमा सफलतापूर्वक कार्यक्रम सम्पन्न गर्नुभएका घर्तिले आँबुखैरेनी गाउँपालिकाका विभिन्न स्थानहरुमा पनि मतदाताहरुसग भेटघाट कार्यक्रम गरिरहनुभएको छ ।
जनतामा व्याप्त निराशा, ठुला दलहरुप्रतिको अविश्वासले गर्दा हाम्रो पार्टीप्रति जनताको आशा रहेको छ त्यसैले पनि घरदैलो कार्यक्रमममा मतदाताहरुको भनाई सुन्दा उतसाह जागेको उमेदवार घर्तिको भनाई रहेको छ ।








