भाँदगाउँमा ट्याक्टर दुर्घटनाः चालक कमल बहादुर दरैको मृत्यु

  • ख-
  • ख+

तनहूँ । तनहूँको व्यास नगरपालिका वडा नं १ भादगाउँ खकौलीमा ट्याक्टर दुर्घटनामा चालक कमल बहादुर दरैको ट्याक्टरमा च्यापिएर मृत्यु भएको छ । बारीमा ३० बर्षिय कमल बहादुर दरैले ट्याक्टर चलाई जोत्ने क्रममा ट्याक्टर अनियन्त्रित भई बारीको डिलबाट खस्न गई पल्टिई दुर्घटना हुँदा निज ट्याक्टरचालकको मृत्यु भएको हो ।

दरैलाई ट्याक्टरले च्यापी गम्भिर घाईते भएकोले उपचारको क्रममा अस्पताल पुर्याएपश्चात मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक युवराज खड्काले दिनुभएको छ । (भुलसुधार गरिएको)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?