बाबुराम नेपाली । पोखरा । बैज्ञानिक समाजवादी पार्टी , नेकपा, नेपाल कम्युनिस्ट पार्टीको संयुक्त आयोजनामा पोखरा पृथ्वीचोकमा मंसिर ४ को संसदीय निर्वाचन विरुद्धको भण्डाफोर तथा सडक सभा सम्पन्न भएको छ ।
बैज्ञानिक समाजवादी पार्टीको गण्डकी संयोजक बिनोद सुनामको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सहिद , बेपत्ता तथा घाइते योद्धाहरु लाई गहिरो संस्मरण गर्दै तीन पार्टीको मोर्चाको गहन भुमिका र चुनाव बहिस्कार कार्यक्रम अगाडी बढाएपछी जनताहरु खुशी भएका छन् र नेताहरुले जनतालाई पटक पटक धोका दिइएकाले समयले फेरि आन्दोलनको माग रहेको बताउनुभएको थियो ।
कार्यक्रममा बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको सचिवालय सदस्य धनकुमारी सुनारले पुँजीवादी व्यवस्था चलाउने सशक्त औजारको रुपमा संसदीय व्यवस्थाको उपयोग गरेको , संसदीय व्यवस्थाको स्थापना पछि ३ दर्जन दलितको हत्या भएको बताउनुभएको थियो ।
उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष आर बी भण्डारीले रेमिट्यान्स् बिना सरकार चल्न सक्दैन , कम्पनीहरुले फ्री दिएको भिसा पैसा लिएर पठाउने र अब जितेपछी भिसा फ्री गर्ने कुरा अहिलेका नेताहरुले गरिरहेका छन् भन्नुभएको थियो ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कम्युनिष्ट पार्टी केन्द्रिय सदस्य मनिष नेपाल लगायतका नेताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा सामना सांस्कृतिक परिवारद्वारा गीत तथा नृत्य कार्यक्रम प्रस्तुत गरिएको थियो ।








