तनहूँ क्षेत्र नं १ ख का माओवादी प्रदेश सभा उमेदवार हरि चुमानद्वारा परियार एकता समाजको भवन उद्घाटन

  • ख-
  • ख+

बाबुराम नेपाली । आँबुखैरेनी । गण्डकी प्रदेशका पुर्वमन्त्री एवं तनहूँ क्षेत्र नं १ ख का माओवादी प्रदेश सभा उमेदवार हरि चुमानले आँबुखैरेनी गाउँ पालिका वडा नं. १ , सत्रसय फाँट धारी टोलमा निर्माण गरिएको परियार एकता समाजको भवन उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथी चुमानले स साना समुहको थुप्रै भवनहरु बनाउनुभन्दा एउटा ठूलो बहुउद्देश्यीय भवनको यो क्षेत्रलाई आवस्यक भएको बताउनुभयो ।
उक्त अवसरमा विशेष अतिथि आँबु खैरेनी गाउँ पालिका अध्यक्ष शुक्र चुमानले सत्रसय फाँटमा १०० बेडको अस्पताल बनाउनको लागि प्रदेश र केन्द्रसँग माग राखेको र आँदीमुल परिसरमा एउटा ठूलो ताल बनाउने तथा मर्स्याङ्दी जलविद्युत परियोजनाको बाँधबाट निर्मित तलाउमा माछा उत्पादन गरेर यो क्षेत्रलाई मर्स्याङ्दीको माछाको हब बनाउन सके युवाशक्तिको बिदेश पलायन कम गर्न सकिने पनि बताउनु भएको थियो ।

उक्त कार्यक्रममा परियार एकता समाजका सदस्य कृष्ण बहादुर परियारले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । मन्तव्यको क्रममा उहाँले समाजमा कपडा बनाइदिएर सबैको इज्जत ढाकिदिने परियारलाई समाजले अझै इज्जत दिन नसकेको बताउनुभयो । सोही क्रममा उहाँले प्रत्येक गाउँमा दुई वा तीन घर मात्रै हुने हुनाले परियारहरुको घरमा मर्दा पर्दा उच्च जातिका भनाउँदाहरु सहयोग गर्न नआउने भएकोले यो परियार एकता समाजको आवस्यकता महसुस गरेर समाजको स्थापना गरेपछी यो क्षेत्रमा सबैभन्दा पहिला भवन बनाउन सफल भएको जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा वडा नं १ का वडाध्यक्ष प्रेम बहादुर गुरुङ, निबर्तमान वडाध्यक्ष किसान थापामगर, निबर्तमान वडासदस्य सरस्वती अधिकारी, बर्तमान दलित महिला वडा सदस्य तथा आँबु खैरेनी गाउँ कार्यपालिका सदस्य शुशीला नेपाली, मिना अधिकारी, भवानी दास परियार , लक्ष्मण परियार , भेगराम परियार ,मिनाराम परियार, बिक्रम परियार तथा तनहूँ जिल्ला परियार एकता समाजका अध्यक्ष गणेश गोतामेले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अध्यक्ष दिपक परियारको सकृयतामा २०७१ सालमा स्थापित परियार एकता समाजको उद्घाटन कार्यक्रम निबर्तमान दलित महिला वडासदस्य अनु परियारले संचालन गर्नुभएको थियो भने अध्यक्ष दिपक परियारले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
सो कार्यक्रममा तनहूँ जिल्ला परियार एकता समाजका अध्यक्ष गणेश गोतामेले ५ हजार रुपैया, लक्ष्मण परियारले ३ हजार रुपैया, भेगराम परियारले २ हजार रुपैया र मिनाराम परियारले १ हजार रुपैया आर्थिक सहयोग पनि गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?