लोकगायक कृष्ण अधिकारीको गीत पिपलसगै वरको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

  • ख-
  • ख+

तनहूँ । गायक कृष्ण अधिकारीको ”पिपलसगै वर म त तनहूँगें तनहूँ मेरो घर” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोक गायन क्षेत्रमा लामो समयदेखि सक्रिय अधिकारीको गीतको म्युजिक भिडियो शनिवार सार्वजनिक भएको हो ।
गायक अधिकारीको संगीतमा तयार भएको गीतको म्युजिक भिडियोलाई विपिन चौलागाईले छायौकन गर्नुभएको छ भने राजाराम सिंखडाले निर्देशन गर्नुभएको छ ।
यसभन्दा अगाडि पनि तनहूँ जिल्लाका बारेमा विभिन्न गीतहरु गाउनुभएका अधिकारी ”आफु जहाँ रहेपनि आफ्नो जिल्लाको याद मनमा भईरहने भएकोले पनि गीत तनहूँका रमणिय स्थानहरुमा छायांकन गरिरहेको” बताउनुहुन्छ ।

कृष्ण, मन्जु र राजुको शब्द रहेको गीतमा गायक अधिकारीका साथमा गायिका मन्जु परियारको पनि स्वर रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्