आँबुखैरेनी ४ को आयोजनामा लैङ्गिक हिंसाविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

तनहूँ । तनहूँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ को आयोजनामा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडा कार्यालयले चण्डेश्वरी आधारभुत विद्यालय आमडाडाँ बेसीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो।

सभ्य समाजको पहिचान, लैंङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मूल नाराका साथ उक्त विद्यालयमा कार्यक्रमको आयोजना गरिएको थियो।

आँबुखैरेनी गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता वडा नं. ४ की वडा अध्यक्ष मिलन भुजेलले गर्नुभएको थियो भने ईलाका प्रहरी कार्यालय, आँबुखैरेनीका प्रहरी सहायक निरिक्षक सुरेन्द्र थापाको पनि उपस्थिती रहेको थियो। 

कार्यक्रममा प्रशिक्षक अन्जना तिमल्सेनाले सहजिकरण गर्नुभएको थियो भने चण्डश्वरी आधारभुत विद्यालयका विद्यार्थी, व्यवस्थापन समिति, शिक्षक, अभिभावकहरुको पनि उपस्थिति रहेको वडा सचिव शिखरलाल डेटेलले बताउनु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?