मंसिर १२। तनहूँ । मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उमेदवार पृथ्वीनारायण श्रेष्ठले जिल्ला निर्वाचन कार्यालय तनहूँमा निर्वाचनका क्रमा आफुले गरेको खर्च विवरण बुझाएका छन् । श्रेष्ठले जिल्ला निर्वाचन कार्यालय तनहूँमा निर्वाचनमा आफुले २, ८१,८०९ (अक्षेरुपी दुई लाख एकासी हजार आठ सय नौ रुपैया) रुपैया खर्च गरेको विवरण बुझाएका हुन्।
तनहूँ निर्वाचनमा तनहूँ क्षेत्र नं. १ मा स्वतन्त्र उमेदवारी दिएका श्रेष्ठले ”नेपालका निर्वाचनहरु भड्किलो र खर्चालु बन्दै गईरहेको परिप्रेक्षमा आफु्ले मितव्ययी भएर खर्च गर्दा २ लाख ८१ हजार ८ सय ९ रुपैया खर्च भएको” बताएका छन् ।
मंसिर ४ को निर्वाचनमा श्रेष्ठ उमेदवार भएको क्षेत्रबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । ।










