म्याग्दे गाउँपालिका द्वारा ६ महिने कार्यसम्पादन प्रतिवेदन सार्वजनिक

  • ख-
  • ख+

तनहूँ । म्याग्दे गाउँपालिकाले प्रारम्भिक ६ महिने कार्यसम्पादन प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाले बिहिवार पत्रकार सम्मेलन आयोजना गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार २८ वटा प्रमुख कार्यहरू उपलब्धीको रूपमा रहेका छन् । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पत्रकार सम्मेलनमा कानून निर्माण, गाउँसभा र कार्यपालिका बैठक, बजेट किताब, क्षमता विकास, डिपिआर र परामर्श कार्य, कार्यसम्पादन सम्झौतातर्फ महत्वपूर्ण निर्णय सहित कार्य थालनी भएको गाउसभा र कार्यपालिका बैठक १२ औं गाउँसभा बैठक र कार्यपालिका १२ वटा बैठक गरिएको छ १२ वटा बैठकमा १५६ वटा निर्णय गरेको बताउनु भयो ।
श्रेष्ठका अनुसार विभिन्न समिति गठन सम्बन्धमा, करार पदपूर्ति, योजना कार्यान्वयन तथा ठेक्का व्यवस्थापन, विभिन्न बिवाद समाधान, जग्गा प्राप्ति, भूमिहिन दलित भूमिहिन सुकुम्बासी र बाढी पीडित तथा बिपद् व्यवस्थापन, राजश्व चुहावट नियन्त्रण र दण्ड जरिवाना, सुशासन, अनुगमन, शिक्षा, महिला बालबालिका, घर नक्शा, अन्तर सरकार समन्वय, सामाजिक सुरक्षा, कृषि, स्वास्थ्य, वडा कार्यालय, विभिन्न सांस्कृतिक संरक्षण, मनोबल तथा उत्प्रेरणा, सेवा प्रवाह सरलीकरण तर्फका काम भएका छन् ।पालिका अध्यक्षले गाउँपालिकाकाले २ सय ५० जना महिलालाई अध्यक्षसँग सुत्केरी कार्यक्रममा लाभान्वित भएको जानकारी दिएका थिए ।

पत्रकार सम्मेलनमा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले अहिले गाउँपालिकाले उत्पादनमा जोड दिएको भन्दै उपाध्यक्ष घिमिरेले त्यसैको उदाहरण दूध, मासु लगायतका चिजमा अनुदानको व्यवस्था गरेको बताएका थिए ।
त्यस्तै पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले स्रोतको सिमितताले सोचे अनुसारको काम हुन नसकेको बताएका थिए । गाउँपालिका भित्रका भेटनरी विषय पढ्ने विद्यार्थी १५ जनालाई अनुदान दिएको, ल्याण्डफिल साइडको लागि काम भइरहेको, हलगोरू पाल्ने किसानलाई १० हजार अनुदान दिने गरिएको अधिकारीले बताएका थिए ।
त्यस्तै अधिकारीले गाउँपालिका भित्रका सबै वडा आफ्नै भवनबाट सञ्चालन भएको र अहिले गाउँपालिकाको प्रशासनिक भवन निर्माण भइरहेको तर सभाहलको काम भने ७ महिनादेखि रोकिएको जानकारी दिएका थिए । सभाहलको काम ठेकदारको कारणले रोकिएको बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?