निर्मल मा.वि.. २०४८ साल एस्. एल् .सि. ब्याचका विद्यार्थीहरुको पुर्नमिलन कार्यक्रम दमौलीमा सम्पन्न

  • ख-
  • ख+

तनहूँ । तनहूँ दमौलीको निर्मल माध्यमिक विद्यालयबाट २०४८ सालमा एस्. एल्.सि. दिने विद्यार्थीहरुको पुर्नमिलन समारोह आज दमौलीमा सम्पन्न भएको छ । तत्कालिन समयमा तनहूँ जिल्लाको उत्कृष्ट विद्यालयको परिचय बनाएको निर्मल मा.वि. मा तनहूँ जिल्लाको विभिन्न स्थानबाट आई अध्ययन गरि वैवाहिक जिवन, अध्ययन, रोजगारी तथा बसाई सराईको क्रममा स्वदेश तथा विदेशमा रहनुभएका विद्यार्थीहरुको सहभागितामा उक्त कार्यक्रम भएको थियो ।

कार्यक्रममा निर्मल माध्यमिक विद्यालयका निर्मल माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापकद्धय ब्रम्हदत्त तिमल्सेना, कृष्णराज वाग्ले, वर्तमान समयका प्र.अ. गणेशचन्द्र बस्नेत, शिक्षकहरु हरेराम रेग्मी, बुद्धिसागर मिश्र, बलराम वाग्लेको उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।
उक्त अवसरमा पुर्व प्र. अ. तथा शिक्षकहरुले उक्त समयमा विद्यार्थीहरुको लगनशिलता, मेहनत र वर्तमान् समयको प्रगति देखेर खुशी लागेको र आउदाँ दिनहरुमा उक्त समयका सबै विद्यार्थीहरुलाई समेटेर अगाडि बढ्न , बिद्यालयको गुन नबिर्सन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा उक्त समुहकी उत्कृष्ट विद्यार्थी एवं हाल नेपाल सरकारको उपसचिव पदमा कार्यरत सम्झना खनालले ”सरहरुको शिक्षण शैलीले गर्दा आफुलाई जिवनमा अगाडि बढ्न सहज भएको” बताउनुभएको थियो । उक्त अवसरमा गोरखापत्र संस्थानमा सह सम्पादक पदमा कार्यरत शेषकान्त पण्डितले ”तत्कालिन समयमा विद्यालयका प्र.अ.ले अनुसाशनको पालनामा गरिएको कडाईले पनि अध्ययनमा धेरै फरक पारेको” बताउनुभएको थियो ।

कार्यक्रममा नेपाल प्रहरीमा कार्यरत सुरेश पन्थ, राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत उसु खेलका अन्तराष्ट्रिय रेफ्री चोकबहादुर थापा, बैकीगं क्षेत्रमा कार्यरत रोचक दाहाल, काठमाण्डौबाट आउनुभएकी चन्चला कैनी , शुभद्रा वाग्ले, उर्मिला खनाल, प्रभा तिवारी लोहनी, ईस्वर मिश्र नेपालगञ्जबाट आउनुभएका रमेशराज रेग्मी, कार्यक्रमको लागि भारतको सिलगुढीबाट आउनुभएकी सिता पन्थ, चितवनबाट आउनुभएकी सामना मल्ल, अन्जना खनाल पौडेल, सुधा पिया, सुधा पिया, देवी श्रेष्ठ, लम्जुङबाट आउनुभएकी सान्नानी कैनी, स्याङ्जाबाट आउनुभएकी सुनिता श्रेष्ठ, पोखराबाट आउनुभएकी चिजा पौडेल लगायतले ”लामो समयको अन्तरालमा पुर्नमिलन कार्यक्रम आयोजनाले सम्बन्धलाई अझ प्रगाढ बनाएको” बताउनुभएको थियो ।

कार्यक्रममा दमौली वरपर बसोबास गर्ने मन्जु श्रेष्ठ, टेकप्रसाद पाण्डे, विजया बस्नेत, शारदा खनाल, स्वयम्भू श्रेष्ठ, रुद्रनारायण श्रेष्ठ, खगेन्द्र गुरुङ, शंकर श्रेष्ठ, गोपाल गुरुङ, मिना शर्मा सापकोटा, माधब पौडेल, अस्मिता श्रेष्ठ लगायतका सहभागी हुनुभएको थियो।

दमौलीमा बसोबास गर्ने मन्जु श्रेष्ठ र टेकप्रसाद पाण्डेको व्यवस्थापन मा आयोजित कार्यक्रममा सहभागी सबैले “३ दशकपछि आयोजित पहिलो कार्यक्रम भएकोले विभिन्न स्थानमा रहनुभएका साथीहरुलाई समावेश गर्न नसकिएको बताउदै आउदाँ दिनमा सबै साथीहरुलाई समेट्ने प्रयाश गर्ने र आफ्नो विद्यालयको उत्थानको लागि विशेष कार्यक्रम आयोजना गर्ने ” वाचा गर्दै कार्यक्रम समापन गरिएको थियो ।

२०४८ सालमा निर्मल मा.वि. बाट एस् .एल्.सि. दिने विद्यार्थीहरु करिब १८० जना रहनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?