बाबुराम नेपाली । काठमाण्डौ । जात व्यवस्था उन्मुलन मोर्चाले दुर्घटनामा ज्यान गुमाउनु भएका जात व्यवस्था उन्मुलन मोर्चाका सचीव तथा बैज्ञानिक समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य महावीर विश्वकर्मा को स्मरणमा स्मरण तथा समवेदना सभा पौष १ गते बौद्ध रामहिटी स्थित साहित्य सदन नेपालमा सम्पन्न भएको छ ।
जात व्यवस्था उन्मुलन मोर्चाका केन्द्रिय सदस्य प्रेम गैरेले सन्चालन गर्नुभएको सो कार्यक्रममा दिवंगत व्यत्तित्व महावीर विश्वकर्माको संस्मरणमा एक मिनेट मौन धारण गरिएको थियो ।
कार्यक्रम संयोजक शान्ती गजमेरले महावीर एक जुझारु युवा, स्पस्टवक्ता, मिजासिलो, तर्कशील, उदयीमान नेता भएको तथा उहाँ प्रसिद्ध रेडियोकर्मी पत्रकार तथा चलचित्रकर्मी भएको बताउनु भएको थियो ।
सागर गान्धारी, नरेन्द्र श्रेष्ठ , रेखा विश्वकर्मा र सीता बराइलीले महावीर विश्वकर्माको स्मृतिमा गयौ तिमी छोडेर बोलको गीत गाउनुभएको थियो ।
कार्यक्रममा बोल्दै जसिन्द्र श्रीपालीले २०६७ सालमा रेडियोमा भेट भएपछि सहकार्य गर्दै क्रान्ति तर्फ उन्मुख गराउने महावीर विश्वकर्मा सँग नभएको भए उहाँ अहिले खाडी मुलुकतिर हुने पक्कापक्की भएको बताउनुभयो। उहाँले महावीर विश्वकर्माको अन्तिम संस्कार गरेपछी नारायणगढदेखि मुग्लिङ्सम्म बाइकमा एक्लै डाँको छोडेर रुँदै पुगेको वेदना सुनाउँदै महाबीरको सपनालाई पूरा गर्न एकताबद्ध हुन आवश्यक भएको बताउनु भएको थियो।
पुर्व डिएसपी गोपाल विश्वकर्मा , संयुक्त दलित अधिकार मन्चका दुर्गा बराइली , नेपाल राशिट्रय दलित मुक्ती मोर्चाका जनक बि. क. ले मन्तव्य दिनुभएको कार्यक्रममा अस्मिता वादीले कविता बाचन गर्नुभएको थियो।
नायिका लक्ष्मी वर्देवाले आफुले विभेद भोग्नु भोगेको कुरा कसैलाई नभनेको तर महाबीरलाई सबै सुनाएको बताउनुभयो। महाबीरको सपनालाई साथ दिन नसकेको भएपनी अब उप्रान्त उहाँको सपनालाई पूरा गर्ने प्रयास गर्ने बताउनुभयो ।
कार्यक्रममा सागर गान्धारीको टिमले महावीरको सम्झनामा गयौ तिमी छोडेर बोलको गीत प्रस्तुत गरेको थियो ।
राष्ट्रिय दलित मुक्ती मोर्चाका संयोजक दर्शन नेपालले आफ्नो मन्तव्य प्रस्तुत गत्नुभएको थियो भने बैज्ञानिक समाजवादी पार्टीका सचिवालय सदस्य मदन प्रभातले शोकलाई शक्तिमा बदल्ने अठोट गर्नुभयो तथा जात व्यवस्था उन्मुलन मोर्चाले देशैभरी महाबीरहरु जन्माउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।
सन्तोष विश्वकर्माले मुक्तक बाचन गर्नुभएको थियो भने जात व्यवस्था उन्मुलन मोर्चा नेपालका संयोजक राजकुमार हिङमाङले मीठो स्वरका तथा सुगठित शरीरका महावीर विश्वकर्माले मनोरञ्जनको रंगीन दुनियाँ तथा आर्थिक रुपले सम्पन्न भएर ऐश आरामको जिन्दगी जिउन छोडेर उत्पिडितहरुको उत्थान तथा निमुखाहरुको आवाज बनेर आफ्नो जीवन समर्पण गर्न चाहेको बताउँदै पछिल्लो समय राती दुई बजेसम्म अध्ययन गर्ने गरेको बताउनुभएको थियो ।








