काठमाण्डौ । तनहूँको व्यास नगरपालिका वडा नं. १० का अम्बर बहादुर कुवर केन्द्रिय दुग्ध सहकारी संघको अध्यक्षमा निर्वाचित हुनुभएको छ । केन्द्रिय दुग्ध सहकारी संघको २८ औं साधारण सभाबाट कुवर सर्वसम्मतरुपमा अध्यक्ष निर्वाचित हुनुभएको हो ।
लामो समयदेखि किसानको हकहित तथा दुग्द्य सहकारीमा लाग्नुभएका कुवर तनहूँ जिल्ल दुग्द्य उत्पादक सहकारी संघ तनहूँको अध्यक्ष हुनुहुन्छ ।








