करिस्मा गुरुङ । तनहूँ । विश्वमै एक पवित्रतिर्थस्थलको रूपमा परिचित तिन वटा जिल्लाको संगम देवघाटधाममा वर्षमा विभिन्न मेला पर्वहरू लाग्ने गर्दछ । जसमध्ये माघ १ गते लाग्ने माघेसंक्रान्ति मेला सबैभन्दा ठुलो मेलाको रूपमा लाग्दै र मनाउँदै आइरहेको छ । यहाँ लाग्ने मेलाहरूलाई देवघाट गाउँपालिका र क्षेत्र विकास समितिले व्यवस्थापन गर्दै आएको छ ।
नजिकिँदै गरेको माघे मेलालाई व्यवस्थित तरिकाले व्यवस्थापन गर्नको लागि देवघाट गाउँपालिका, देवघाट क्षेत्र विकास समितिले आज एउटा कार्यक्रमको आयोजना गरी विभिन्न उप-समितिहरू गठन गरेको छ । अघिल्लो वर्षहरूमा भन्दा यस पटकको मेला मेला कसरी सभ्य र भव्य तरिकाले सम्पन्न गर्ने भन्नेतर्फ लागि परेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री प्रसाद अधिकारी बताए । अध्यक्ष अधिकारीले अघिल्लो २ वर्ष कोरोना महामारीले गर्दा मेलामा भक्तजनहरू कम आएको तर यो बर्ष अघिल्लो बर्षहरूमा भन्दा धेरै भक्तजनको आउने अनुमान गर्दै मेलालाई व्यवस्थित तरिकाले व्यवस्थापन गर्नको लागि विभिन्न उप समितिहरू गठन गरेको समेत बताएका थिए ।
सोही माघेसंक्रान्ति मेलालाई सफल पार्नको लागि माघेसंक्रान्ति मेला व्यवस्थापन मूल समिति संयोजकत्वमा देवघाट क्षेत्र विकास समितिले अध्यक्ष बद्री प्रसाद अधिकारी, सह-संयोजक देवघाट गाउँपालिका प्रवक्ता एवं ५ नम्बर वडा अध्यक्ष पुर्ण बहादुर कुँवर, भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव महर्जन, गैडाकोट नगरपालिका वडा नम्बर ३ अध्यक्ष शिवकान्त तिवारी रहेको समिति गठन गरेको छ । साथै स्वयं सेवक परिचालन उप-समिति संयोजकमा रोशन श्रेष्ठ र सह-संयोजकमा अनिल मिश्र, धुनी व्यवस्थापन उप-समितिमा संयोजक सुर्य बहादुर न्यौपाने, बजार व्यवस्थापन,सरसफाई तथा अस्थायी शौचालय व्यवस्थापन उप-समितिमा संयोजक रामहरी पुडासैनी, खानेपानी व्यवस्थापन उप-समिति तनहूँतर्फ संयोजक सुरज मिश्र र चितवन तर्फ माधव चापागाई, प्राथमिक स्वास्थ्य उपचार उप-समितिमा देवघाट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकी, विजुली बत्ती व्यवस्थापनमा देवघाट गाउँपालिका वडा नम्बर ५ कार्यालय तनहूँ र भरतपुर महानगरपालिका वडा नम्बर १ चितवन रहेको उप-समिति पनि गठन गरिएको छ ।
त्यस्तै आकस्मिक उद्वार, डुङ्गा व्यवस्थापन एवं स्नानघाट सुरक्षा व्यवस्थापन उप-समितिमा नेपाली सेना,सशस्त्र प्रहरी बल बिपत व्यवस्थापन शिक्षालय कुरिन्टार र स्थानीय बोटे समुदाय रहेको छ साथै सूचना, सञ्चार एवं प्रचारप्रसार तथा मूल समितिको सचिवालय स्थापनामा देवघाट क्षेत्र विकास समिति, मेला सुरक्षा एवं मांस-मदिरा धुम्रपान र मद्यपान निषेध समितिमा तिन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी रहेको छन, सुरक्षाकर्मी र स्वयंसेवक खाना खाजा खर्चमा भरतपुर महानगरपालिका चितवन, रूट निर्धारणमा तनहूँतर्फ देवघाट गाउँपालिका र इलाका प्रहरी कार्यालय, चितवन तर्फ ट्राफिक कार्यालय र देवघाट क्षेत्र विकास समितिको समन्वयमा रूट निर्धारण गर्ने छ भने सडक मर्मतमा तनहूँतर्फ स्थानीय तह देवघाट गाउँपालिकाले आवश्यक स्थानमा सडक मर्मत गर्ने र चितवन तर्फ भरतपुर महानगरपालिका र सडक डिभिजन कार्यालय रहेको छ। मेलाको मुल्यांकन तथा अनुगमनमा देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाको नेतृत्वमा समिती बनाएको छ ।
माघे मेलामा पुर्वदेखि पश्चिम र हिमालदेखि तराई सबै भेगबाट देवघाटमा मसान्तिको दिन नै श्रद्वालु भक्तजनहरू पनि गठन गरिएको छ हुनाले त्यसैलाई मध्येनजर गर्दै र मेलालाई सफल पार्न मेला व्यवस्थापनका तिनै जिल्लाका समितिहरू सकृय रूपमा अगाडि उक्त कार्यक्रममा बताईएको थियो ।
कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ, वडा नम्बर ५ का अध्यक्ष पुर्ण बहादुर कुँवर,देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष टङ्कनाथ पौडेल र शिवराज पौडेल, शैक्षिक संस्था, सामाजिक, राजनितीक संघरसँस्था सामुदायिक वनहरूहरू, महिला समूहहरू, स्थानिय नागरिक बुद्धिजीवी व्यक्तिहरूको सहभागीतामा र देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।








