म्याग्देमा अपाङता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण

  • ख-
  • ख+


तनहूँ । म्याग्दे गाँउपालिकाले आफनो पालिकाका अपाङता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । गाँउपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तगर १५ घर परिवारलाई न्यानो कपडा वितरण गरेको हो । पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे, प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारी रहनुभएको थियो ।
वडावाट सिफारिश भई आएको परिवारहरुमा वडा नं १ का वल वहादुर थापा, सुमित्रा विक, वडा नं २ वाट सुजन रानाभाट, कमलदकोटे होम वहादर परियार, ४ नं वडका चन्द्र वहादुर चदारो, पदम वहादुर हुन्चिङ, वडा नं ४ को ईम वहादुर थापा, हिमला राना, वडा नं ५ न को समिर नेपाली, वडा नं ६ को नविश थापा, रुपेश विक, दिलिप नेपाली वडा नं ७ को कृष्ण वहादुर विक, सोम वहादुर सार्कीलाई न्यानो कपडा वितरण गरिएको प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
न्यानो कपडा वितरणमा १ थान फाईवरको सिरक, रुवाको डसना १ थान, तन्ना १ थान र सिरानी १ थान गरि कुल ४ हजार ३ सय वरावरको समाग्री प्रति परिवार वितरण गरिएको महिला तथा वालवालिका शाखाका प्रमुख शारदा ग्रैहे पौडेलले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?