तनहूँ । तनहूँ व्यास नगरपालिकाको आर्थिक बर्ष २०७९।८० को प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । उक्त कार्यक्रममा उक्त अवधिमा नगरपालिकाले दिएको सेवाका सम्बन्धमा सर्वसाधारणहरुको धारणा, जित्रासा र प्रश्नहरुको उउत्तर दिईएको थियो ।
कार्यक्रममा अधिकांश सहभागीहरुले नगरपालिकामा भए गरेका कामकारवाही, ढिलासुस्ति र सर्वसाधारणहरुका गुनासाका बारेमा प्रश्नहरु राख्नुभएको थियो । ससहभागीहरुको जिज्ञासा र प्रश्नहरुको सम्बन्धित शाखाका कर्मचारी , कार्यालय प्रमुख र जनप्रतिनिधिहरुले जवाफ दिनुभएको थियो । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले स्थानिय निकायको सरकारले नगरका सबै बिकास निर्माणका कामहरु आफुले मात्र अगाडि बढाउन नसक्ने भएकोले प्रदेश सरकार र संघिय सरकारबाट यथोचितबजेट विनियोजन र निकाशा नहुदा ठुला योजनाहरु सम्पन्न गर्न नसकेको बताउनुभएको थियो ।








