आँबुखैरेनी गाउँपालिकाको अस्पताल पेपरलेस सेवा (EHR System) दिने गण्डकीको पहिलो अस्पताल

  • ख-
  • ख+

तनहूँ । तनहूँको आँबुखैरेनी गाउँपालिकाको अस्पतालमा पेपरलेस सेवा (EHR System) को सुरुवात गरिएको छ । गाउँपालिकाले हालसालै १५ सैयाको सेवा प्रदान गर्ने अस्पतालको रुपमा सेवा विस्तार गरिएको अस्पताललाई ”न्याय हेल्थ नेपाल”को सहयोगमा पेपरलेस सेवा प्रदान गर्ने अस्पताल बनाईएको हो । उक्त सेवा उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ”आँबुखैरेनी गाउँपालिकाका जनताहरुहरुलाई चुस्त दुरस्त सेवा प्रदान गर्नको लागि कुनै पनि जाँच पश्चात कागज बोकर हिड्नुपर्ने , बिरामीका एक्सरे लगायतका रिपोर्टहरु हराउने, बिग्रने डरहरुबाट बिरामीलाई मुक्ति दिई सहज वातावरणमा स्वास्थ्य चेकजाँच गर्न पाउने र डाटा सुरीषत रहने सुविधा दिनको लागि न्याय हेल्थ नेपालको आर्थिक सहयोगमा उक्त सेवाको सुरुवात गरेको” बताउनुभएको थियो ।
कार्यक्रममा उक्त पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माले ”न्याय हेल्थ नेपाल, सटवेयरमा प्राविधिक सहयोग गरेर आँबु खैरेनीका जनताका लागि राम्रो काम गरेको” बताउनुभएको थियो ।

उक्त अवसरमा सफ्टवेयरमा प्राविधिक सहयोग गर्ने संस्था न्याय हेल्थ नेपालकी पार्टनर सिप हेड सिर्जना देवकोटाले ” EHR System (ईएच् आर सिस्टम प्रयोग गर्ने आँबुखैरेनी गाउँपालिका नेपालमा दोश्रो गाउँपालिका र गण्डकीमा पहिलो पालिका भएको” बताउनुभएको थियो ।
कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्याल , वडा अध्यक्षहरु , वडा सदस्यहरु, कर्मचारीहरु र न्याय हेल्थ नेपालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?