व्यास १० खहरे टोलवासीद्धारा वडा कार्यालय घेराउ

  • ख-
  • ख+

तनहूँ । तनहूँको ब्यास नगरपालिका वडा नं. १० खहरे टोलवासीले वडा कार्यालय घोउ गरेका छन् । जनप्रतिनिधिहरुले आफ्नो टोलको सडकमा परेको रकम अर्को टोलमा लग्न लागेको सूचना पाएपछि वडा कार्यालय घेराउ गरेको बताएका छन् । गण्डकी प्रदेशबाट खहरे विविभञ्याङ मोटरमार्गको लागि निकासा भएको २० लाख बजेट वडा कार्यालयले अर्को सडकलाई हाल्न लागेको सूचना आएको र मौखिक रुपमा जनप्रतिनिधिहरुसग सोध्दा जवाफ दिन नचाहेकोले टोलवासी सबै आएको उक्त अवसरमा खहरे टोलबासीले बताउनुभएको थियो साथै समयमा नै वडा कार्यालयमा आउँदा कोहि पनि जनप्रतिनिधि नआएपछि घण्टौसम्म कुरेर बस्नु परेको खहरे टोल विकासका अध्यक्ष रमाकान्त ढुङ्गाना बताउनुभएको थियो । अध्यक्ष ढुङ्गानाले खहरेमा आएको बजेट अन्य ठाउँमा हामी खहरे टोलबासी संग कुनै सरसल्लाह नै नगरिकन आएको बजेट अन्तै लान वडाबाट समेत निर्णय गरेर पठाइएको थाहा पाएका छौ, जनताको भावना अनुरुप काम गर्नुपर्नेमा ब्यास १० का जनप्रतिनिधिहरुले आफ्नो मनमानी रुपमा काम गरेको समेत आरोप लगाउनु भएको छ ।
लामो प्रतिक्षापछि वडा कार्यालयमा आएका जनप्रतिनिधिहरुसगको छलफल पश्चात टोलमा नै बसेर टोलका प्रतिनिधि र विवि भञ्याङ टोलका प्रतिनिधिविच सरसल्लाह गर्ने गरि आजको छलफल टुङ्गिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?