मस्याङ्दी नदीमा सशस्त्र प्रहरीका जवान बेपत्ता

  • ख-
  • ख+

सशस्त्र प्रहरी जवान अनन्त महत मर्स्याङ्दी नदीमा बेपत्ता भएका छन् । भक्तपुरबाट सरुवा भई पत्र लिएर मनाङ जाँदै गरेका उनी मर्स्याङ्दी नदीमा बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले दिएको जानकारी अनुसार उनी शुक्रबार बिहान साढे १० बजे मर्स्याङ्दी गाउँपालिका-४ काभ्रे भिरबाट बेपत्ता भएका हुन् ।
उनी लमजुङ बेंसीशहरबाट मनाङतर्फ जाँदै गर्दा बाटोमा गाडी रोकेर ओर्लिएका थिए। ग १ ज ७३३५ नम्बरको गाडीमा सवार महत सडक किनारमा शौच गर्ने क्रममा भीरबाट लडेको सशस्त्र प्रहरीले जनाएको छ । भीरबाट उनी मर्स्याङ्दी नदीमा खसेका थिए । नदीमा बेपत्ता उनको खोजी जारी छ । (रातोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?