मैले एकजनालाई सोधे चुरोट,रक्सी, हुक्का, गाँजा किन खानुहुन्छ के फाइदा गर्छ ?
उत्तरः रमाइलो गर्न, यी कुरा खाँदा रमाइलो लाग्छ त्यी भएर ।
मेरो प्रश्नको उत्तर अहिले सम्म मलाइ चित बुझेको छैन आखिर रमाईलो के लाई भन्छ, के जुन कुराले शरीरको रगत, कलेजो, फोक्सो, मृगौला, मुटु, आँखा, कान, नाक लगायत अन्य अङ्गलाई घात गर्छ जीवनलाई घात गर्छ, मस्तिष्कलाई छिन्न बनाउँछ, मस्तिष्कको शक्ति कमजोर पार्छ त्यो कुरा कसरी रमाइलो हुन सक्छ होला ! रमाइलो भनेको मस्तिष्कको डोपामिन, अक्सिटोसिन, सेरोटोनिन, इण्डोर्फिनजस्ता केमिकल र हर्मोनहरुको प्रभावले मुडको अवस्थालाई खुसी, हाँसो, रमाइलो, सुख, शान्तिमा परिवर्तन गर्छ जसलाई रमाइलो भनिन्छ , जुन यी हर्मोनहरु दैनिक जीवनमा अनुशासित, ध्यानी, योग गर्ने, खानपानमा संयममित व्यक्तिमा उच्च लेभलमा हुन्छ र सधैं सन्तुलित भइरहेको हुन्छ ।
तर आजकलको पुस्ताले यी हर्मोनहरुलाई अप्रत्यक्ष माध्यमबाट मस्तिष्कमा रिलिज गराएर खुसी, सुख अनुभुति गर्न लागु पदार्थ, खाने पदार्थको प्रयोग गरेर रमाइलो मान्ने गर्छन् जुन घातक हो
बरु यी माथिका खाने पदार्थहरुले यी केमिकलहरुलाई घटाउन र बढाउन मा भूमिका खेल्छन् मुख्य रूपमा यी हार्मोनहरुलाई घटाएर छुटै प्रकारको अनुभुति दिन्छ र मुडलाई परिवर्तन गर्छ जसलाई मानिसले सुख, रमाइलोको संज्ञा दिन्छन्।
तर खासमा त्यो शारीरिक नकारात्मक प्रतिक्रिया हो जुन दिनदिनै शरीरको अंग र मस्तिष्कलाई खराब बनाउँदै लागिरहेको हुन्छ ।
म जन्मेको र थाहा पाएदेखि मेरो परिवारमा ३ पुस्तादेखि अहिलेसम्म कोही कसैले सुर्तीजन्य पदार्थ, अल्कोहल, सुपारीजन्य पदार्थ लगायत अन्य कुनै लागुऔषध प्रयोग गर्ने गरेको छैन । जस्ले जीवन जिउने प्रेरणा पाएर कुलत र निराशापनबाट जोगाएर जीवनमा जोश र जाँगर पाएको छु । यो पनि एउटा एउटा ठूलो खुसी र उपलब्धि हो ।
एउटा सानो प्रसङ्गः तपाईंसंग एउटा सानो बाइक, कार वा गाड़ी छ जसको मुल्य ३ लाख देखि ६० लाखसम्म पर्ने वस्तुको कति हेरचाह गरेर राख्नु हुन्छ ? समयमा सर्भिसिङ्ग गर्दै , सफा सुग्घर राख्नुपर्छ भने पेट्रोल वा डिजेल हालेर चलाउनुपर्छ, झुक्किएर एक बोतल पानी हालियो भने चल्दैन । जब एउटा गाडीलाई चलाउन निश्चित कुरा चाहिन्छ । गाडीको पार्ट पुर्जाको बनावट जस्तै मानिसको शरीरको भित्री अंगको बनावट पनि त्यस्तै हुन्छ । त्यसैले शरीरलाई पनि निश्चित चिज चाहिन्छ । मानव जीवन पाउनु नै ठुलो उपलब्धि भएकोले विशेष गरेर युवा युवती लाई मेरो अनुरोध छ अहिलेका पुस्ता रमाइलोको नाममा जिंदगी बर्बाद पारिरहेका छन् ।
रमाइलोले एकछिनको लागि खुसी दिन्छ तर जिवनलाई बर्बाद पारेको कुरा सबैले बझाउनु जरुरी रहेको छ ।
(लेखक प्रमोद (प्रिन्स) शाह, आँबुखैरेनी गाउँपालिका, तनहूँको स्वास्थ्य शाखा सहायक प्रमुख हुनुहुन्छ ।)








