तनहूँ । आँबुखैरेनी गाउँपालिकाद्धारा वडा नं १ देखि ६ सम्मका अपांगता भएका व्यक्तिहरूलाई अपागंता कार्ड वितरण गरेको छ । आँबुखैरेनी गाउँपालिकाको अपाङ्गता समन्वय समितिको समन्वयमा अपांगताको प्रकृति अनुसार रातो निलो र पहेलो गरि १६ वटा कार्ड वितरण गरिएको हो ।
गाउँपालिकाकी उपाध्यक्ष एवं समितिकी संयोजक दुर्गा अर्यालको संयोजकत्वमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमान, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, वडा नं ३ का वडा अध्यक्ष दिनेश केसी, स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय, सहायक प्रमोद शाह, सूचना अधिकृत निरोज श्रेष्ठ, तथा सेवाग्राहीहरुको उपस्थित रहेको थियो ।








