व्यास नगरपालिकाको ३८ औं नगर सभा तयारी बैठक बिहिवार सम्पन्न

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिकाको नियमित बैठक शुक्रवार सम्पन्न भएको छ । व्यास नगरपालिकाका प्रमुख श्री वैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको उक्त बैठकमा
माघ ९ गते भएको कार्यपालिका बैठकको समिक्षा गरियो । बैठकमा २०७९ पौष २८ गते हुन गइरहेको व्यास नगरपालिकाको ३८ औं नगर सभाका लागि विधेयकहरु र संशोधन प्रस्ताव पेश गरिएको छ । उक्त विधेयक तथा संसोधन प्रस्तावहरुमा व्यास नगरपालिका स्वास्थ्य विधेयक, २०७९, व्यास नगरपालिका वन विधेयक, २०७९, व्यास नगरपालिका संघ संस्था दर्ता, नियमन विधेयक, २०७९,व्यास नगरपालिका शहरी योजना आयोग (गठन सञ्चालन) विधेयक, २०७९, व्यास नगरपालिका सवारी तथा यातायात व्यवस्थापन विधेयक, २०७९, व्यास नगर प्रज्ञा प्रतिष्ठान ऐन, २०७८ (संशोधन), ३७ औं नगर सभाबाट पारित नीति कार्यक्रम, बजेट कार्यक्रमको समिक्षा गरी संशोधन प्रस्ताव पेश गर्न नगर प्रमुख र उप प्रमुखको नेतृत्वमा रहने राजश्व परामर्श समिति र बजेट तथा कार्यक्रम तर्जुमा समितिलाई जिम्मा दिने निर्णय गरियो।
बैठकबाट ३८ औं नगर सभामा प्रस्ताव गर्ने अन्य विभिन्न प्रस्तावहरु पेश गर्न उप प्रमुखको अध्यक्षतामा, प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता एवं वडा नं. ६ का अध्यक्ष जीवन गुरुङ, वडा नं. ५ का अध्यक्ष विष्णु कुमार श्रेष्ठ र कार्यपालिका सदस्य चन्द्रमाया परियार रहेको ५ सदस्यीय प्रस्ताव समिति गठन गर्ने निर्णय गरियो ।

बैठकमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र सम्बन्धित शाखाका प्रमुखहरुको उपस्थितिरहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?