तनहूँ । नेकपा एमालेको भातृ संगठन युवा संघ तनहूँले व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष मदन तिमल्सेनाको संयोजकत्वमा बुझाईएको ज्ञापन पत्रमा विभिन्न काण्डहरुमा सधै चर्चा र विवादमा रहेको व्यास नगरपालिका पछिल्लो समय प्रमुख प्रशासकिय अधिकृतसग सम्बन्धित काण्डले चर्चित र बदनाम भईरहेको छ । अहिलेको एक्काईशौ शताब्दिको जमानामा पनि जनताको करबाट चलेको नगरपालिकाका बारेमा यति विवादित कुराहरु आईरहदा पनि जनतालाई नेतृत्व तहबाट प्रष्ट पार्ने प्रयास नगर्नुलाई हामीले जनतालाई गरेको अपमानको रुपमा बुझ्नुका साथै पटक पटक कर्मचारीतन्त्रबाट भएका बदमासीहरुलाई जनप्रतिनिधिहरुलाई असफल पार्ने प्रयासको रुपमा चित्रण गरेका छौ त्यसैले नगरप्रमुखज्यूबाट नगरपालिकाको बदनाम गर्ने तत्वहरुलाई पहिचान गरि कारवाही अगाडि बढाउनुहुन हार्दिक आग्रह गर्दछौ भनि ६ बुदे मागहरु राखिएको छ ।
ज्ञापनपत्र बुझ्दै व्यासका प्रमुख बैकुण्ठ न्यौपानेले यहाँ दिएका कतिपय कुराहरु सम्बोधन भईसकेको, आफु सबेसग समान व्यावहार गर्नुपर्छ भनेर अगाडि बढिरहेको र आफु जनताको सेवक भएकोले सधै सुशासनको लागि प्रतिवद्ध रहने बताउनुभएको थियो ।









