व्यास ५ को शुक्र आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्ला व्यास नगरपालिका वडा नं ५ स्थित रहेको शुक्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गरिएको छ । एनसीएस एजुकेशन फाउन्डेशनको सहयोगमा न्यानो कपडा प्रदान गरिएको हो ।
व्यास ४ का वडा सदस्य सरोज भण्डारीको सक्रियतामा नर्सरीदेखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा सम्पूर्ण विद्यार्थीहरूलाई एक विद्यार्थी एक स्वीटर र टोपी उपहारस्वरूप प्रदान गरिएको हो । जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो स्वीटर र टोपीले निरन्तर विद्यालय आउन सहज हुने फाउन्डेशनका प्रमुख मुना न्यौपानेले बताउनुभयो ।
वडा सदस्य भण्डारीले जाडोमा न्यानो कपडाको अभावले गर्दा बालबालिका विद्यालय नआउने गरेको र उनीहरूको दैनिक पठनपाठनमा समेत प्रभाव परेकाले न्यानो कपडा वितरणमा सहयोग गरिएको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?