तनहूँ । तनहूँ जिल्लाको व्यास नगरपालिकाको ३८ औं नगरसभा पुष २८ गते बिहिवारबाट शुरु भएको छ । सभामा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख ईन्दिरा दरै, व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला , वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्य तथा विभिन्न समितिका संयोजक तथा पदाधिकारीहरुको उपस्थितिमा सभा शुरु भएको थियो ।
उक्त सभामा व्यासस नगरपालिकाकी उपप्रमुख ईन्दिरा दरैले आर्थिक बर्ष ०७९/८० को लागि १ अर्ब ७१ करोड ४७ लाख ५४ हजार संशोधित अनुमानित आय व्यय प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक बर्षका लागि ३७ औ नगरसभाबाट १ अर्ब ६५ करोड ५४ लाख ५१ हजार रुपैया आय अनुमान गरिएकोमा ०७९ पौष २१ गतेसम्म ७९ करोड ३३ लाख ९३ हजर ५ सय ४२ रुपैया यथार्थ आय हुन आएको बताउनुभयो ।
बिहिवार शुरु भएको सभा भोलि शुक्रवारसम्म चल्नेछ ।








