आस्था राउत, तिर्सना गुरुगंको साथमा दमौलीमा ”गर्ल्स नाइट” कन्सर्ट हुने

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं ४ मा रहेको दमौलीयान्स युथ क्लबको आयोजनामा दमौलीमा गर्ल्स नाइट कार्यक्रम हुने भएको छ । शुक्रवार दमौलीमा पत्रकार सम्मेलन गदै व्यास इभेन्टको व्यवस्थापनमा व्यास ३ विपी बनबाटिकामा आगामी माघ ३ गते वमेन इमपावरमेन्ट सोसियल क्याम्पेन अन्तर्गत गर्ल्स नाइट आयोजना गर्न लागिएको हो ।
उक्त कार्यक्रमको मुख्य आकर्षण नेपालकी प्रसिद्ध समाजसेवि एवम् माइती नेपालकी संस्थापक तथा सिएनएन हिरो (२०१०) अनुराधा कोइराला रहने छिन् । त्यस्तै कार्यक्रममा चर्चित गायिका आस्था रावत ,तिर्सना गुरुङ र डिजे केशिकाको पनि प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
महिलाहरुमा सचेतना अभिवृद्धि गराउदै अझै सशक्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष सुदिप कार्कीले जानकारी दिए । अहिले पनि समाजमा महिलाहरुमा सुरक्षाका चुनौतिका साथै विभिन्न बहानामा अवसरबाट बञ्चित बनाउने परिपार्टी रही आएकाले महिलाहरुलाई आफ्नो हक अधिकारका बारेमा जागरुक बनाउन महिला सशक्तिरण सामाजिक अभियान थालिएको उनले बताए । हामी महिलाहरुलाई जागरुक बनाउदै नेपाल भ्रमण गर्नेछौँ उनले भने । आयोजकका अनुसार दमौलीमा सम्पन्न भएपछि गल्र्स नाइट झापा, बुटबल, काठमाडौँ लगायतको स्थानमा आयोजना हुनेछ ।
महिलाहरुलाई समाजमा अहिले पनि आत्मनिर्भर र स्वतन्त्र ढंगले काम गर्ने, यात्रा गर्ने वातावरण नभएकाले उनीहरुलाई सशक्त बनाउदै हरेक कुरामा सक्षम बनाउने उद्देश्यले पनि कार्यक्रम आयोजना गरिएको क्लबकी सदस्य सलिना कुमालले बताइन् ।
यो अभियान अन्तर्गत नेपालका विभिन्न ठाउँमा महिलाहरुलाई नेतृत्व र क्षमता बिकाससँगै आत्मरक्षाका कार्यक्रम सञ्चालन गरिनेछ ।
मनोरञ्जन मात्र नभइ महिला जागरण र सशक्तीकरणका लागि कार्यक्रम आयोजा गरिएको क्लबका सचिव रिजन क्षेत्रीले जानकारी दिए । हाम्रो उद्देश्य छोरी र आमा दुबैलाई कार्यक्रममा सहभागी गराउने हो, जसले गर्दा उहाँहरुमा सँगसँगै जागरण आओस् र परिवर्तनको सुरुवात होस उनले भने ।
राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा महिलाहरुलाई सशक्तीकरण गर्ने सम्बन्धमा अनुराधा कोइरालको नाम अग्रपंक्तिमा लिइने हुनाले उनबाट धेरै महिलाहरुले प्रेरणा लिनसक्ने आयोजकले विश्वास लिएको छ ।
दमौलीमा यस्तो भिजनबाट कार्यक्रम नहुने गरेकाले पनि केही फरकपनको आभास दिलाउन गल्र्स नाइट कार्यक्रम आयोजना गरिएको उनले बताए ।
दमौलीमा प्राय मनोरञ्जन केन्द्रित कन्सर्ट कार्यक्रम हुदै आएकोमा यसले केही फरक अनुभति गराउने आयोजकले विश्वास लिएको छ ।
कार्यक्रमका लागि तिनवटा चरणमा टिकट बुकिङ खुल्ला गरिएको छ । पहिलो चरण पुस २४ देखी २७ सम्म रहेको थियो जसमा टिकट शुल्क ४ सय रुपैयाँ , दोस्रो चरण पुस २८ देखी माघ १ गतेसम्म रहनेछ । जसमा टिकट शुल्क ५ सय, तेस्रो चरण माघ २ गते टिकट शुल्क ६ सय लाग्ने छ र कार्यक्रमका लागि कप्पल टिकटको पनि व्यवस्था रहेको छ । जसमा १ हजारमा ३ जना महिलाले टिकट लिन सक्ने आयोजकले जानकारी दिएको छ । अनलाइन टिकटको पनि व्यवस्था गरेको आयोजकले बताएको छ ।
क्लबले यस कार्यक्रमबाट भएको मुनाफाबाट ग्रामीण भेगमा महिलाहरुलाई सेनेटरी प्याड सहयोग गर्ने, माइती नेपालको अभियानलाई सहयोग गर्ने र दमौली क्षेत्रमा जेब्रा क्रसिङ व्यवस्थापन लगायतका सेवा गर्ने बताएको छ ।
माघ ३ गते साँझ ७ बजेदेखी राति ११ बजेसम्म चल्ने उक्त कार्यक्रमलाई व्यास नगरपालिका र आबँुखरैनी गाउँपालिकाको पनि सहयोग रहने आयोजकले जनाएको छ ।
बिगत ४ महिना अघि दमौलीका ३० जना युवाहरु संगठित भइ स्थापना भएको उक्त क्लबले यसअघि दमौलीमा २ वटा कन्सर्ट लगायत विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?