कलाकार पल शाहलाई तनहूँ अदालतले दियो बलात्कार मुद्धामा सफाई

  • ख-
  • ख+

तनहूँ । जिल्ला अदालत तनहूँले अभिनेता पल साहलाई सफाई दिएको छ । नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहूँ जिल्ला अदालतले सफाइ दिएको हो ।

न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि फैसला सुनाएको हो । बहसमा शाहको पक्षबाट तीन वरिष्ठसहित ५ जना कानुन व्यवसायीले बहस गरे भने जाहेरवालाका तर्फबाट एक जना सरकारी वकिल सहभागी थिए । एक १७ वर्षीया किशोरीले शाहविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन् ।

तीनै किशोरीले लगाएको आरोपमा नवलपुर अदालतले शाहलाई साढे २ वर्ष कैद सजाय गरिसकेको छ । तनहूँ जिल्ला अदालतले सफाई दिए पनि शाह जेलमुक्त हुने छैनन् ।

पीडित भनिएकी नाबालिकाले बलात्कारको जाहेरी दिएपनि अदालतले लिएको बकपत्रमा भने आरोप झुटा भएको बताएकी थिइन् ।

ती बालिकाले शाहले तनहूँ र नवलपुरमा गरि दुई ठाउँमा बलात्कार गरेको बताएपछि बेग्लाबेग्लै अनुसन्धान भएर दुई फरक जिल्ला अदालतमा मुद्धा दायर भएको थियो । नवलपुर जिल्ला अदालतले जबर्जस्ती करणीको अभियोग आएपनि बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेर फैसला सुनाएको थियो।
तनहूँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि उनी जेल मुक्त भने हुने छैनन् । नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जेल मुक्त हुनेछन् ।

शाह करिब एक वर्षयता थुनामा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्