पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्वल पौडेल मलेशियामा सम्मानित

  • ख-
  • ख+

तनहूँ । नेपाल पत्रकार महासंघ तनहूँ शाखाका अध्यक्ष उज्वल पौडेल मलेशियामा सम्मानित हुनुभएको छ । मलेसियाका लागि नेपालका राजदुत डिल्लीराज पौडेलले तनहूँका पत्रकार पौडेललाई Active Youth Journalism Award बाट सम्मानित गर्नुभएको हो । “सानै उमेरदेखि पत्रकारिता गर्नुभएका पौडेलले पत्रकारिताका माध्यमबाट विशिष्ट सामाजिक कार्य गर्दै समाजमा सकारात्मक सन्देश फैलाएकोले उहाँलाई सम्मान गरिएको” उक्त अवसरमा बताईएको थियो ।
पत्रकार महासंघ तनहूँका शाखाका अध्यक्ष एवं तनहूँ उद्घोष दैनिकका कार्यकारी सम्पादक पौडेलले ” विदेशी भुमीमा सानै उमेरदेखि पत्रकारितामा गरेको योगदान सम्झेर सम्मान गर्दा आफुलाई अझै राम्रो पत्रकारिता गर्न प्रेरणा मिलेको” बताउनुभएको थियो ।

उक्त कार्यक्रममा पौडेल सहित विभिन्न नेपालका विभिन्न स्थानमा रहेर विभिन्न क्षेत्रमा काम गर्ने २१ जनालाई बिभिन्न अवार्डबाट सम्मानित गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?