तनहूँ । जिल्ला प्रहरी कार्यालय तनहूँले सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ गरेको छ । २०७४ साल साउन १३ गते तनहूँको शुक्लागण्डकी नगरपालिका वडा नं. १० लालिम स्थित ओजा जाने मोटर बाटोमा साँखेबाट ओजा तर्फ लैजादै गरेको ग १ त ३३२४ नं. को ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार रहेका १२ बर्षिय भुपाल जंग गुरुङ र १५ बर्षिय डम्मर बहादुर गुरुङको घटनास्थलमा नै मृत्यु भएको थियो । उक्त सवारी ज्यान मुद्दा अनुसन्धानको क्रममा दुर्घटना पश्चात हालसम्म फरार रहेका तनहूँकै शुक्लागण्डकी १० बस्ने ट्याक्टर चालक २३ बर्षिय हर्क बहादुर भुजेल २०७९ माघ १२ गते पक्राउ गरेको छ । निज भुजेललाई शुक्लागण्डकी नगरपालिका वडा नं. १० मा पक्राउ गरी आजै तनहूँ जिल्ला अदालतबाट ६ दिन को म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।








