म्याग्दे गाँउपालिकाद्धारा विपन्न अपाङ्गहरुलाई न्यानो कपडा

  • ख-
  • ख+

तनहूँ । तनहूँको म्याग्दे गाँउपालिकाले आफनो पालिकाले विपन्न अपाङता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । गाँउपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत म्याग्दे गाँउपालिका वडा नं ३ तिलहारे निवासी चन्द्र वहादुर चदारोलाई न्यानो कपडा वितरण गरेको हो । कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेल आर्थिक रुपमा विपन्न तथा वहुँअपाङ्ग भएका चदारोलाई न्यानो कपडा वितरण गरेका हुन् ।
आर्थिक रुपमा विपन्न र अपाङ्गता भएकाको जीवनयापनलाई सहज वनाउने, उनीहरुको न्युनतम गाँसवास कपासका लागी पालिकाले यो जाडोमा न्यानो कपडा वितरण गरेको हो । पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले वताउनुभयो ।
न्यानो कपडा पाएपछि खुशी हुदै चदारोले पालिकाले यो जाडोमा जाडोवाट वन्न न्यानो कपडा वितरण गर्दा खुशी लागेको वताए । हामी यसै पनि अपाङ्ग, त्यसमाथी पनि विपन्न हुदाँ चिसोले थप जनजीवन थप कष्टकर वनेको थियो, पालिका नै घरमा आएर कपडा दिदाँ खुशी छु, चदारोले भने ।
न्यानो कपडा वितरणमा १ थान फाईवरको सिरक, रुवाको डसना १ थान, तन्ना १ थान र सिरानी १ थान गरि कुल ४ हजार ३ सय वरावरको समाग्री प्रति परिवार वितरण गरिएको महिला तथा वालवालिका शाखाका प्रमुख शारदा ग्रैहे पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा म्याग्दे ३ का वडाध्यक्ष टुकराज अधिकारीको समेत उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?