तनहूँ । सवारी ज्यान मुद्दाका फरार अभियुक्त १८ बर्षपछी पक्राउ गर्न तनहूँ प्रहरी सफल भएको छ । २०६१ साल असोज १५ गतेका दिन जिल्ला तनहूँ जिल्लाको व्यास नगरपालिका हालको वडा नं. १० साबिक ५ नम्बर वडाको परेवाडाँडा स्थित कच्ची सडकमा लमजुङ सोतिपसलबाट दमौली तर्फ आउदै गरेको ग १ ख ११०४ नं. को यात्रुवाहक बस दुर्घटना हुँदा साबिक स्याम्घा गा.बि.स. ६ बस्ने बर्ष ४६ की मधुमाया बि.क. समेत जना ४ को घटनास्थलमा नै मृत्यु भएपछि फरार भएका मिठु सुनार भन्ने अमृतलाल बि.क. लाई १८ बर्ष पछि पक्राउ गर्न तनहूँ प्रहरी सफल भएको हो ।
उक्त दुर्घटनामा ४ जनाको मृत्यु भएको र अन्य १८ जना यात्रुहरु गम्भिर घाईते भएको सवारी ज्यान मुद्दामा अनुसन्धानको क्रममा दुर्घटना पश्चात हालसम्म फरार रहेका जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका वडा नं.३ सोतिपसल बस्ने ४० बर्षिय बि.क.लाई माघ २९ गते लुकिछिपि बसेको अवस्थामा व्यास ७ सत्रसयबाट पक्राउ गरि तनहूँ जिल्ला अदालतबाट ७ दिनको म्याद थपि अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँ प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभएको छ ।








