छैटौं व्यास नगर अल्ट्रा म्याराथनमा व्यास ७ का बिशाल गुरुगं प्रथम

  • ख-
  • ख+

तनहूँ । तनहूँको व्यास नगरपालिकाद्वारा शहिद दिवसको अवसरमा आयोजित छैटौं व्यास नगर अल्ट्रा म्याराथन, २०७९ मा व्यास नगरपालिका वडा नं. ७ का बिशाल गुरुगं प्रथम हुनुभएको छ । व्यास नगरपालिका वडा नं. ५ को मानहूँकोटबाट वडा नं. ८ को पुलिमर्यागंसम्मको ४४ किलोमिटरको दुरीको उक्त प्रतियोगितामा प्रथम हुन सफल गुरुगले ३ घण्टा २८ मिनेट २६ सेकण्डमा उक्त म्याराथनको दुरी पार गरि उपाधी जित्नुभएको हो । प्रतियोगितामा व्यास नगरपालिका वडा नं. ६ का साहास पन्थ द्धितिय र आबुँ खैरेनी गाउँपालिका वडा नं. १ का सनम गुरुगं तृतिय हुनुभएको हो । पन्थले उक्त दुरी ३ घण्टा ३६ मिनेट ३८ सेकेण्डमा र गुरुगंले ३ घण्टा ३८ मिनेट ३१ सेकेण्डमा पार गर्नुभएको थियो ।
विजयी प्रथमलाई ६१ हजार, द्धितियलाई ५१ हजार, तृतियलाई ३८ हजार र सान्त्वना पुरस्कार ३ जनालाई जनही १२ हजार ५ सय प्रदान गरिएको छ ।
उक्त म्याराथन कार्यक्रमको उद्धघाटन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?