चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले पार्टीभित्र व्यक्तिवाद चरम रुपमा हावी भएको भन्दै राजीनामा दिनुभएको छ ।
पार्टी महामन्त्री मुकुल ढकाललाई राजीनामा बुझाउनुभएका सापकोटाले ”पार्टी व्यक्तिवादी हैकम र अराजकतामा चलेकोले त्यस्तोमा बसेर काम गर्न नसकिने निष्कर्षसहित राजीनामा दिएको” बताउनुभएको छ ।
गत कात्तिकबाट जिल्ला सभापति बन्नुभएका सापकोटाले गत मंसिर ४ गतेको निर्वाचन पनि जिल्ला समितिलाई पूर्णयता वाइपास गरेर कार्य गरिएकोले पनि असज्न्तुष्ट भएको बुझिएको छ ।
पार्टी अध्यक्ष रवि लामिछानेसहितको टिमले देशभरका जिल्ला कमिटीलाई वेवास्ता गरेर हिँड्ने गरेकोले पनि पार्टीको गतिविधि ठिक नलागेको बताउनुभएको छ ।








