नेपाली केटी चाहिन्छ ? भन्ने म्यासेज पठाएर बैंक अकाउन्ट ह्याक गरी ठगेको आरोपमा ८ पक्राउ

  • ख-
  • ख+

काठमाडौं । अरुको बैंक अकाउन्ट ह्याक गरी रकम निकाल्ने गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटकी रविना चौधरी, सप्तरीका दीलिपकुमार चौधरी, पर्साका राजु पटेल, साहिल परवेज, शिवशंकर राउत, अजय चौधरी भनिने नगेन्द्र साह कानु, बाराका सन्तोष कुँवर र भारतीय नागरिक अवधेशकुमार रहेका जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता दिपक भारतीले जानकारी दिएका छन् ।

ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एसिया बैंकको खाता ह्याक गरी विभिन्न व्यक्तिका नामका इसेवा र खल्ती वालेटमा रकम ट्रान्सफर गरेको भन्ने उजुरी गरेपछि अनुसन्धानका क्रममा उनीहरुले संगठित रुपमा नै ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुले ‘नेपाली केटी चाहिन्छ ? ’ भन्दै मोबाइलमा म्यासेज पठाएर बैंक अकाउन्ट ह्याक गर्ने गरेको प्रहरीको दाबी छ । उनीहरुले आफैंले एप बनाएर २० जना भन्दा धेरैलाई ठगेको पत्ता लागेको प्रहरीले जानकारी दिएको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?