तनहूँ । वित्तिय संस्था कर्मचारी संघ तनहूँको अधिवेशन सम्पन्न भएको छ । ट्रेड युनियन तनहूँका अध्यक्ष एवं नेपाली कांग्रेस व्यास नगरका सभापति सूर्यचन्द्र हड्खलेको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन विपि भवन दमौलीमा सम्पन्न भएको हो । उक्त अवसरमा प्रमुख अतिथि हड्खलेले सम्पूर्ण मजदुरहरु आ आफ्नो संघ संगठनमा संगठित भएमात्र संघ संगठन बलियो हुने र सफलता पाउने बताउनुभएको थियो ।
कार्यक्रममा ट्रेड युनियन तनहूँका कार्यवाहक सभापति लोकराज सेढाँई, सचिव हरिभक्त सवेदी, कोषाध्यक्ष विश्वनाथ अधिकारी, गणतन्त्र बलियो बनाउन यस्ता संघ संगठनहरुको महत्वपूर्ण योगदान रहने बताउनुभएको थियो ।
वित्तिय स.स्था कर्मचारी संघ तनहूँका सभापति सुर्दशन गोदारको सभापतित्वमा भएको कार्यक्रममा ग्रामिण लघुवित्त डुम्रे शाखाका शाखा प्रवन्धक अमर बहादुर गुरुगं, नेपाल बैंक शाखा कार्यालय दमौलीका तरनम खातुन कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
नेपाल ग्रामिण बिकास लघु वित्त वित्तिय संस्था, नेपाल बैंक राष्ट्रिय बाणिज्य वैंक, कृषि बिकास वैंक लगायतका विभिन्न बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारीहरुको यस अधिवेशन निर्वाचन गरि समपन्न हुनेछ ।









