नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन

  • ख-
  • ख+

काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन भएको छ ।

काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको हो । अस्पताल स्रोतका अनुसार उहाँको निधन आज बिहान करिब साढे ६ बजेतिर भएको हो ।

उहाँ २०१३ साल वैशाख १० गते नेपालको पहिलो गभर्नर नियुक्त हुनुभएको थियो । उहाँको पालामा निर्धारण गरिएको भारतीय रुपैयाँ (भारु) को विनिमय दर १०० को १६० रुपैयाँ अहिले पनि कायम छ ।

जागिरबाट अवकाश भएपछि उहाँले गोर्खा ब्रुअरी कम्पनी खोलेर टुबोर्ग र काल्सवर्ग वियर नेपाल भित्र्याउनुभएको थियो । पछि उक्त कम्पनी बेचेर उहाँले हिमालयन बैंक र हिमालयन डिस्टिलरी स्थापना गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्