गाउँलेले बन्द गरे व्यास नगरपालिकाले बालुवा बोक्ने बाटोः व्यवसायीद्धारा बाटो खोलिदिन माग

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. १० बैरेनी हिमपानीका गाउँलेले व्यास नगरपालिकाले बालुवा बोक्न प्रयोग गर्ने गरेको बाटो बन्द गरेका छन् । व्यास नगरपालिकालाई पटक पटक सचेत र जानकारी गराउदा समेत हेलचक्रयाँई गरि उक्त क्षेत्रबाट बालुवा बोक्ने सवारीसाधनहरु संचालन गरिरहेकोले बाध्यतावश ३ दिनदेखि बाटो बन्द गर्नुपरेको उक्त क्षेत्रका बासिन्दाहरुको भनाई छ ।
अघिल्लो बर्षदेखि नै उक्त स्थानबाट बालुवा बोक्ने सवारी साधनहरु हिडेर बाटो बिगारेको, अरु सवारी साधनहरु आउनै नसक्ने अवस्थामा सडक पुगेको, विशेष परिस्थितिवश साना सवारीसाधन, एम्बुलेन्सहरु आउन परे उक्त सडक प्रयोग गर्न नै नसकिने अवस्थामा पुगेको जानकारी गराएपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी, तत्कालिन प्रहरी प्रमुख, व्यास नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृतसहितका टोली आएर निरिक्षण गरि केहि समयभित्र उक्त सडक पिच गर्नको लागि पहल गर्ने बताएपनि आजसम्म सडक पिच त परको कुरा केहि पनि काम नभएको हुनाले बाध्य भएर सडक अवरुद्ध गरि वालुवा बोक्ने सवारी साधनहरु रोक्नुपरेको उक्त क्षेत्रका बासिन्दाहरुको भनाई रहेको छ ।
”वालुवा बोकेका सवारी साधनहरुले हिडेको कारण बाटोको अवस्था जिर्ण भएर उक्त बाटो प्रयोग गर्ने बटुवा, साना सवारी सास्ती छदैछ अत्याधिक घुलो उडेका कारण उक्त सडकहरुमा दुर्घटना हुनसक्ने प्रचुर सम्भावना पनि रहेको र उक्त सडक वरपरको बाक्लो मानव बस्तीमा धुँवा धुलोले प्रदुषण फैलाउनुका साथै बालबालिका, जेष्ठ नागरिकको मात्र नभएर समग्र वस्तिलाई नै असर परेको हुनाले वालुवा बोक्ने सवारी साधन हिड्ने बाटो बन्द गर्नुपरेको ” उक्त स्थानको हिमपानी टोल विकास संस्थाका अध्यक्ष भरत के.सी.ले बताउनुभएको छ ।

गाउँलेले बालुवा बोक्ने सवारी साधन हिड्ने बाटो बन्द गरेपछि बाटो खुलाउन नगरपालिकाले गरिरहेको पहलका बारेमा व्यास नगरपालिका राजश्व शाखाका शाखा अधिकृत विमल गिरीसग प्रश्न गर्दा ”केहि समय अगाडि राजश्व परामर्श समितिको संयोजक तथा उपमेयर ईन्दिरा दरै, सदस्य काशीराम श्रेष्ठका साथमा वालुवा बोक्न प्रयोग हुने बाटो तथा नाकाहरुको अनुगमनमा जाँदा कुनै समस्या नदेखेपनि व्यास १० बैरेनीको हिमपानीमा बाटो बन्द गरिएको खबर सुनेको र उक्त बाटो खुलाउन माग गर्दै व्यवसायीहरुले नगरपालिकालाई मौखिक आग्रह गरेको” गिरीले बताउनुभएको छ ।

बन्द गरिएको बाटो र सरसल्लाह गर्न जम्मा भएका स्थानिय बासिन्दा

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?