बन्दीपुरको याम्पाको बाख्रा फार्ममा आगलागीः लाखौको क्षति

  • ख-
  • ख+

तनहूँ । तनहूँको बन्दीपुर गाउँपालिका वडा नं. ५ याम्पाको कुमालटारी बाख्रा फार्ममा आगलागी भएको छ । विद्युत सर्ट भएर लागेको आगोबाट साठी लाख भन्दा बढिको क्षति भएको संचालकको भनाई रहेको छ । आगलागीबाट परालको टौवा, बाख्राको खोर र कुखुरा लगायतका जलेर नष्ट भएका छन् । आगलागीका कारण १ सय भारी भन्दा बढि भएको परालको टौवा र खोर एक सय कुखुरा जलेर पूर्ण क्षति भएको र फार्मका करिब ९० बटा बाख्राहरु जिवितै रहेको जिल्ला प्रहरी कार्यालय तनह्रूँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभएको छ ।

आगलागी पश्चात नेपाल प्रहरी, सशस्त्र प्रहरी,स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएका कारण अझै धेरै क्षति हुन नपाएको फार्म संचालकको भनाई छ ।
(तस्विरः सामाजिक संजाल)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?