आमनागरिक र पत्रकारको सहयोगमा जिल्लाको शान्तिसुरक्षा सदृढ बनाउने तनहूँका एसपीको भनाई

  • ख-
  • ख+

तनहूँ । आमनागरिक र पत्रकारको सहयोगमा जिल्लाको शान्तिसुरक्षा सदृढ बनाउने जिल्ला प्रहरी कार्यालय तनहूँका प्रमुख प्रहरी उपरिक्षक अवदेश बिष्ट क्षेत्रीले बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय तनहूँको प्रमुखको रुपमा जिल्ला आएपश्चात पहिलो पत्रकार भेटघाट कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।
उक्त अवसरमा प्रहरी उपरिक्षक विष्टले पत्रकार र आमनागरिकको सहयोग बिना सुरक्षाकर्मीले केहि पनि गर्न नसक्ने भएकोले एक अर्कामा सहयोग र भाईचाराको भावना अझै बिकास गर्न आफु लागि पर्ने बताउनुभएको थियो ।
उक्त अवसरमा प्रहरी उपरिक्षक बिष्टले तनहूँ समग्रमा शान्त जिल्ला रहेपनि पुरानो रेकर्ड अनुसार सडक दुर्घटना, आगुऔषध ओसारपसार, घरेलु हिंसा सम्बन्धि समस्या समाधानको लागि चनाखो भएर लाग्नुपर्ने देखिएकोले आफु र आफ्नो मातहतका सुरक्षाकर्मीको विशेष पहल रहने बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?