आदिकवि भानुभक्त क्याम्पसको प्रमुखमा पुनः महाप्रसाद हडखले नियुक्त

  • ख-
  • ख+

तनहूँ । तनहूँ दमौलीको आदिकवि भानुभक्त क्याम्पसको क्याम्पस प्रमुखमा महाप्रसाद हड्खले पुनः नियुक्त हुनुभएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले हड्खलेलाई आगामी चार बर्षका लागि पुनः क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।
आफुले अघिल्लो कार्यकालमा गरेका कामहरुको निरन्तरता, भौतिक संरचना निर्माण, व्यास नगरपालिकाको सहकार्यमा भक्तपुर नगरपालिकाको ख्वपः ईन्जिनियरिगं मोडलको संकाय संचालनको लागि आफुले योगदान गर्न सक्ने भन्दै हड्खलेले योजना प्रस्तुत गर्नुभएको थियो ।
हाल करिब १५ सय विद्यार्थी अध्ययनरत उक्त कलेजमा बिद्यार्थी संख्या बढाएर आर्थिकरुपमा सवल बनाउने हड्खलेको पहिलो लक्ष्य रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?