राष्ट्रिय युवा संघ नेपालको ब्यास नगर अधिवेशन सम्पन्नः अजित पन्थ अध्यक्ष चयन

  • ख-
  • ख+

तनहूँ । राष्ट्रिय युवा संघ नेपाल ब्यास नगर कमिटिको अध्यक्षमा अजित पन्थ चयन हुनुभएको छ । शनिवार दमौलीमा सम्पन्न अधिवेशनबाट अजित पन्थ अध्यक्षमा चयन हुनुभएको हो । अधिबेशनले उपाध्यक्षमा अभियान भण्डारी, सचिवमा सविन पन्थ, उप सचिवमा नविन विष्ट र हुम बहादुर दरै चयन गरेको छ ।
नेकपा एमाले तनहूँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा श्रेष्ठ युवाहरु देश बिकास र जनताको सुख दुःखमा साथ लिन लाग्नुकपर्ने बताउनुभएको थियो । कार्यक्रममा
नेकपा एमाले तनहूँका सचिव राजेश्वर ढकाल, उप सचिव प्रदिप अधिकारी ,जिल्ला सदस्यहरु कुल बहादुर थापा, बसुन्धरा घर्ति, राष्ट्रिय युवा संघ तनहूका संयोजक मदन तिमल्सेना , राष्ट्रिय युवा संघ तनहूँकी जिल्ला सदस्य मुनि खातुन, नेकपा एमाले ब्यास ४ अध्यक्ष चिज बहादुर गुरुङ लगाएतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?