तनहूँ । प्रमुख प्रशासकिय अधिकृत र कर्मचारीको द्धन्दले काम कारवाही लामो समयदेखि अवरुद्ध भएको व्यास नगरपालिकाले आज एक विज्ञप्ति जारी गरिएको छ । पौष २१ गते देखि प्रमुख प्रशासकिय अधिकृत कर्मचारीबिच भएको विवाद छताछुल्ल भएपनि विज्ञप्ति निकाल्न कुनै प्रयास नगरेको नगरपालिकाले आज आईतबार एक विज्ञप्ति जारी गर्दै ”विगत केहि समयमा देखिएका कर्मचारीहरु विचका शैलिजन्य समस्याहरुका बारेमा सामाजिक सञ्जालका टिका टिप्पणी र केहि राजनैतिक दल, युवा संघ संगठनबाट राखिएका जिज्ञासाका सम्बन्धमा नगरपालिकाको ध्यानाकर्षण भएको र उक्त कार्य स्थानीय सरकारलाई कमजोर बनाउने र व्यक्तिपरक गुण दोषका अनुमानका भरमा अतिरञ्जिना पुर्ण समाचार सामाजिक सञ्जालमा प्रेषित गर्ने कार्य दुःखद भएको ” जनाएको छ । साथै विज्ञप्तिमा ”व्यास नगरपालिका भित्र घरबास नभएका कर्मचारीहरुलाई काम विशेषका आधारमा दिइएको घरभाडा, अतिरिक्त सुविधाहरु पुर्नविचार गर्न २०७९ असार महिनामा भएको नगरसभाबाट कटौति गरी सकिएकोमा सोहि कारणले कर्मचारीहरुविच द्वन्द सृजना भएको भनी लेखीएका समाचारहरुमा सत्यता छैन । हरेक वर्ष महालेखा परिक्षण कार्यालयबाट लेखापरिक्षण हुने र लेखापरिक्षणबाट औंल्याइएका सुझाबहरुलाई नगरपालिकाले कार्यान्वयन गर्दै आएको छ” भन्ने उल्लेख गरिएको छ ।
उक्त विज्ञप्तिमा महालेखा परिक्षकको कार्यालयको निर्देशन अनुसार लेखापरिक्षण हुने र लेखापरिक्षणबाट औंल्याइएका सुझाबहरुलाई नगरपालिकाले कार्यान्वयन गर्दै आएको छ उल्लेख गरिएको छ जनाईएपनि ”अघिल्ला बर्षहरुभन्दा बेरुँजु र अन्य खर्च के कति कति कम भयो ?” सो बारेमा उल्लेख गरिएको छैन भने दमौली बजारमा नै घर भएका कर्मचारीहरुले नेटको सुविधा, घरभाडा, अतिरिक्त सुविधाहरु कति बर्ष अगाडिदेखि लिएका थिए , त्यस्ले नगरपालिकालाई कति आर्थिक भार परेको थियो ? ” त्यस वारेमा विज्ञप्तिले नगरवासीलाई प्रष्ट्याउन पनि सकेको छैन ।
पुष २१ गतेदेखि नगरवासीलाई परेको असुविधाप्रति क्षमा याचना नगरिएको विज्ञप्तिमा ”आफ्ना बोली, वचन र शैलिले सृजना भएको समस्यालाई सिंगै संस्थाप्रतिको नियत भनि मनगढन्ते टिप्पणीहरु गरिनु दुःखद पक्ष रहेको बताउदै नगरपालिकाभित्र सृजना भएका समस्याहरु समाधान गर्न नगर कार्यपालिकाका जनप्रतिनिधिहरुमा ऐक्यबद्दता रहेको र विभिन्न आधारमा प्रयासहरु भइरहेको सम्बन्धित सबैमा अनुरोध छ” भनिएको छ ।









