प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिंहद्धारा तनहूँ दमौलीमा प्रहरी ब्यारेक सहित भवनको उद्घाटन

  • ख-
  • ख+

तनहूँ । नेपाल प्रहरीकी प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिंहले तनहूँ दमौलीमा प्रहरी ब्यारेक सहित ४ बटा भवनको उद्घाटन गर्नुभएको छ । संघीय सरकारको आर्थिक सहयोगमा ब्यारेक,मेस र हिरासत कक्ष गरी कूल ३ करोड ४६ लाख ५ हजार १५६ रुपैयाको लागतामा सम्पन्न भएको सिंहले उद्घाटन गर्नुभएको हो । उक्त भवन उद्घाटन गर्दै देशभरका सयौ स्थानमा प्रहरी चौकी, व्यारेक, मेस नभएपनि नेपाल प्रहरीले जनतालाई शान्ति सुरक्षा दिने कुरामा कमी नगरेको वहाँले बताउनुभएको थियो ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले नेपाल प्रहरीलाई भौतिकरुपमा सम्पन्न बनाउन सबै लाग्नुपर्ने बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?