तनहूँ । रिसेड तनहूँको आयोजना र सामाजिक विकास कार्यालय तनहूँको आर्थिक सहयोग देवघाट गाउपालिकामा अपांगता व्यक्तिहरुलाई समन्वय, सहजीकरण तथा अभिमुखिकरण छलफल सप्पन्न भएको छ । पालिकाका ५ वटा वडाका १४ जना व्यक्तिहरुलाई सहभागी भएको उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले आफु अपाङ्गताको सरोकार र अधिकार प्रति सकारात्मक रहेको बताउनुभएको थियो।
कार्यक्रममा प्रशिक्षक अपाङ्गता अधिकार कर्मी रिसेडका महासचिव दामोदर रेग्मीले अपाङ्गताको अबस्था अनुसारको परिचय पत्रको ब्यबस्था र स्थानिय तहको भुमिकाप्रती प्रकाश पार्नुभएको थियो।
पशुपन्छी तथा मत्स्य र कृषि शाखाका दिपकसिह थामी र बलबहादुर सिकर्मीले नेपालमा कृषिको सम्भावना र कृषिलाई आधुनिकतामा लैजान ज्ञान, सिप, प्रयोगलाई बिस्तार गर्नको लागि कृषि सम्बन्धि आधारभुत ज्ञान प्रदान गर्नुभएको थियो।
रिसेडका उपाध्यक्ष ईश्वर बास्तोलाले सहजीकरण गर्नुभएको कार्यक्रमको संचालन देवघाट गाउँपालिकाकी महिला तथा बालबालिका प्रमुख शुभद्रा भट्टराईले गर्नुभएको थियो।








