बहुप्रतिभाशाली सुशिल देवकोटाको छक्का पन्जा ४ मार्फत नेपाली चलचित्रक्षेत्रमा पुनरागमन

  • ख-
  • ख+

काठमाण्डौ । चलचित्र लेखन, अभिनय, टेलिभिजन कार्यक्रम प्रस्तोता, नाटक, गीत लेखन, पत्रकारिता लगायतका विभिन्न क्षेत्रमा नाम कमाईसक्नुभएका बहुप्रतिभाशाली व्यक्तित्व सुशील देवकोटा फाल्गुण १९ गते रिलिज हुने चलचित्र ”छक्का पञ्जा ४” मार्फत नेपाली चलचित्र क्षेत्रमा पुनरागमन गर्दै हुनुहन्छ ।

नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको सिरियल ‘‘गौरी’‘ को कथा, पटकथा र संवाद र सिरियल मेरो कथाको कथा, पटकथा र संवाद पनि लेखिरहनुभएका देवकोटा चर्चित कलाकारद्धय दिपकराज गिरी र दिपाश्री निरौलाको छक्का पन्जाको सिक्वेल ”छक्का पन्जा ४” मा पनि प्रमुख भुमिका निर्वाह गरेको बताउनुहुन्छ ।
छापा माध्यम, रेडियो हुँदै कुनै बेला नेपालको पहिलो स्याटलाइट च्यानल ”च्यानल नेपाल” बाट प्रसारण हुने ”सिनेमा संसार” कार्यक्रमको निर्माता / निर्देशक र संचालकको रुपमा आफ्नो परिचय बनाउनुभएको थियो ।
सावधान, मानिस, अल्पविराम लगायत अन्य धेरै चलचित्रमा काम गरिसकेका सुशील देवकोटाले चलचित्र लेखकको रुपमा पनि आफ्नो परिचय बनाउनुभएको छ । उहाँले चर्चित नृत्य निर्देशक राजु शाहले चलचित्र निर्देशकको रुपमा डेब्यू गरेको चलचित्र ”सपनाको नौलो संसार” को कथा, पटकथा र संवाद पनि लेख्नुभएको थियो ।
केहि बर्ष चलचित्रक्षेत्रबाट विश्राम लिनुभएका देवकोटाले पछिल्लो समय भोजपुरी चलचित्रमा पनि अभिनय गर्नुभएको छ । भोजपुरी चलचित्र उद्योगका सुपरस्टार निरहुवा र चर्चित नायीका आम्रपालीसग पनि अभिनय गरिसक्नुभएका देवकोटाले ३ वटा भोजपुरी चलचित्रमा मुख्य भुमिका नै अभिनय गर्नुभएको छ ।

(भोजपुरी चलचित्र उद्योगका सुपरस्टार निरहुवा र चर्चित नायीका आम्रपालीसग सुशिल देवकोटा)

”जिन्दगीको अन्तिम साससम्म नेपाली चलचित्र क्षेत्रमा नै समर्पित रहने आफ्नो इच्छा र चाहना भएको बताउने देवकोटा अब चाडै नै अर्को एक भोजपुरी चलचित्र र सिरियलमा अभिनय गर्ने र नेपाली चलचित्र लेखन कार्यलाई अगाडि बढाउने” बताउनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्