देवघाटमा कृर्षी फर्ममा आगलागी, ४ बाख्राको मृत्यु , १८ बाख्रा घाईते

  • ख-
  • ख+

तनहूँ । तनहूँको देवघाट गाउँपालिका वडा नं. ५ को कालिमाटीमा एक कृषि फर्ममाआगलागी भएको छ । स्थानिय बुद्दि प्रसाद उपाध्यायले सञ्चालन गर्दै आएको भट्टराई कृषि बाख्रा फर्ममा रातको समयमा भएको आगलागीबाट बाख्रा, भैसीपाडा, गाईबस्तुहरु मध्ये गर्भिणी अवस्थाका ४ ओटा बाख्राहरु जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ । आगलागीमा परि १८ वटा बाख्राहरु घाईते भएको पनि जानकारी दिईएको छ ।
७ गते बिहानीपख लागेको आगो तत्कालै प्रहरी तथा स्थानिय मानिसहरुको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको र उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?