म्याग्देले १४, १५ र १६ गते निः शुल्क आँखा शिविर संचालन गर्ने

  • ख-
  • ख+

तनहूँ । म्याग्दे गाँउपालिकाले निः शुल्क आँखा शिविर संचालन गर्ने भएको छ । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गाँउपालिका र श्री सूर्य नेपाल प्रा.लि.को आर्थिक सहयोगमा निःशुल्क आँखा शिविर संचालन हुने गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
शिविरमा आँखाको समान्य परिक्षण, उमेरका कारण नजिक नदेख्ने समस्या भएकाहरुको उपचार, मोतिविन्दु भएको ज्येष्ठ नागरिक विरामीको पहिचान र रिफर गरिनेछ ।
आँखा शिविर यहि फागुण १४ गते वडा नं ६ को वडा कार्यलयमा १५ गते मीन मावि थर्पु र १६ गते जामुने स्वास्थ्य चौकी जामुनेमा हुनेछ । शिविर विहान १० वजे देखि ५ वजेसम्म हुने गाँउपालिकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?